आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

रगतमा रेडक्रसको लापरवाही, केन्द्रीय रक्तसञ्चार केन्द्रको रगत प्रयोग गर्नु उच्च जोखिम

२०८१ अषाढ २४, सोमबार मा प्रकाशित ( १ साल अघि) ११३५२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २४ असार ।

वर्षायाम विशेषगरी बाढी पहिरोको बढ्दो जोखिमसँगै बढ्नसक्ने घाइतेहरुको संख्याले रगतको माग बढ्दै गएको छ । तर रगतको अभाव हुंदा धेरै रगत आपूर्ती गर्ने नेपाल रेडक्रस अन्तर्गतको केन्द्रीय रक्तसञ्चार केन्द्रको रगत प्रयोग गर्नु स्वास्थ्यका लागि उच्च जोखिम हुने रहस्य खुलेको छ।

नेपाल रेडक्रस सोसाइटीले आफ्नो आधिकारीक वेभ साइटमा गरेको दाबी अनुसार वर्षमा ४० लाख युनिट रगत उसले उपलब्ध गराउदै आएको बताएको छ। तर रक्तसञ्चार केन्द्रले प्रोटोकल तथा मापदण्डको पालनामा गरेको गम्भीर त्रुटिका कारण त्यहाँको रगत प्रयोग गर्नु नै उच्च जोखिम हुने एक अध्ययन प्रतिवेदनले पुष्टी गरेको हो।

निकै अघिदेखी रेडक्रसमा भइरहेको अनियमितताको छानबिन गर्न समाज कल्याण परिषद्ले गठन गरेको समितिले रेडक्रस अन्तर्गतको रक्तसञ्चार केन्द्रको गुणस्तरको प्राविधिक अध्ययन समेत गराएको थियो।

जसका दुई बिज्ञले अध्ययन गरेर दिएको प्राविधिक प्रतिवेदनले अहिलेको अवस्थामा केन्द्रको रगतको प्रयोग गर्नु उच्च जोखिमपूर्ण रहेको देखाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस