
नारी बाटिका
काठमाडौं २५ असार ।
(रास्वपा)ले डा.मुकुल ढकाललाई सबै पदबाट निष्काशित गरेको छ । मुकुललाई पार्टीबाट निष्काशन गरेपछीे आफुलाई रवि लामिछानेको क्लबबाट निष्काशित गरेपनि घण्टी बज्न नरोकिँने प्रतिक्रिया दिनु भएको छ ।
त्यस्तै ढकालले आफु राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशित भएको नभई रवी लामिछानेको क्लबबाट मात्रै हटाएको प्रतिक्रिया दिनु भएको हो । तथापी आफुले कुनैपनि कुरामा अबउप्रान्त झनै बलियो रुपमा घण्टी बजाउने प्रतिक्रिया दिनु भएको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टीको साधारण सदस्यता मात्रै रहने गरी सबै पदबाट मुक्त गरेको छ । आफुले गलत तथा पार्टीलाई कुनैपनि हानी नोक्साने हुने खालको काम नगर्दापनि रवी लामिछानेले रास्वपा पार्टीलाई आफ्नो निजी क्लब (कम्पनी) बनाई आफुलाई कारबाही गरेकोले आगमी दिनमा पार्टीभित्र झन् सक्रिय भई यस गलत प्रविर्तीको श -सक्त्त रुपमा घण्टी बजाउने बताउनु भएको छ ।
निष्काशितपछी उहाँले सामाजिक सञ्जालमा लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न नरोकिने बताएका हो। रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन’ उनले लेखेका छन्, बाँकी कुरा भोलि।’
मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
रास्वपा अनुशासन आयोगले साधारण सदस्य पनि नरहने गरी निष्काशन गर्न सुझाव दिएको थियो । केन्द्रीय समितिले त्यसलाई हल्का संशोधन गरे झैँ गरी कार्यान्वयन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।







प्रतिक्रिया दिनुहोस