
नारी बाटिका
धादिङ २५ असार ।
धादिङ जिल्लास्थित एक १६ वर्षीय काका पर्ने किश्वरबाट ११ वर्षीया बालिका(भतिजी) बलात्किृत भएकी छन्र । आफ्रनै नजिकको दाजुकी छोरी भतिजी नाता पर्नै एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले पक्राउ गरेको छ ।
यसै साताको आईतबार नीलकण्ठ नगरपालिका–१० बाट निज किश्वरलाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
पिडित बालिकाको आफन्तले असार २१ मा घटनापछी बालिकालाई किश्वरले बलात्कार गरेको भनी असार २२ मा जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा किस्वरलाई पक्राउ गरि अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।
धादिङ जिल्ला अदालतले आरोपित किश्वर(बालक)लाई हाडनाता तथा जबरजस्ती करणी गरेको कसुरमा असार २३ मा पाँच दिनको हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।








प्रतिक्रिया दिनुहोस