आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

ओलीको प्रधानमन्त्रीमा दाबी पेस, राष्ट्रपतिले आइतबार मात्र नियुक्त गर्ने तयारी

२०८१ अषाढ २९, शनिबार मा प्रकाशित ( १ साल अघि) १०६६० पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ असार ।

प्रचण्ड नेतृत्वको सरकार ढलेपछी नेपाली काँग्रेस र नेकपा एमालेको समिकरणमा बन्न लागेको नयाँ सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने गरी प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६,२० अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेलगतै शुक्रबार राति नै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहित शीतल निवास पुगी ओलीले प्रधानमन्त्री दाबी गरेका हुन् ।

कांग्रेसका ८८ सांसद र एमालेका ७७ गरी १६५ सांसदको समर्थन सहित ओलीले प्रधानमन्त्री दाबी गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभाको बैठकमा संविधानको धारा १०० को २ अनुसार विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को २ अनुसार आइतबार साँझ ५ बजेसम्म नयाँ प्रधानमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरेका थिए ।

त्यस घटनालगतै ओली शुक्रबार राति नै प्रधानमन्त्रीको दाबी गरेपनि राष्ट्रपतिले आइतबार मात्र नियुक्त गर्ने तयारी गरिएको स्रोतको दाबी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस