
काठमाडौँ १ साउन ।
मंगलबार चितवनबाट वीरगन्ज तर्फ जाँदै गरेको बस दुर्घटना हुंदा ११ जना घाईते भएका छन्। आज बिहान पर्साको वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको थियो ।
उक्त बस दुर्घटना हुंदा बसमा सवार ११ जना यात्रुहरु घाईते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार दुर्घटना बारे थप अनुसन्धान भईरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरीले जनएको छ।












प्रतिक्रिया दिनुहोस