
नारी बाटिका
काठमाडौँ २ साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव उच्च रहेको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।
आज देशभर आंशिक देखि साधारणतया बदली रही गण्डकी प्रदेशका केही स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षा भइरहेको छ ।
त्यसैगरी आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।








प्रतिक्रिया दिनुहोस