
नारी बाटिका
काठमाडौं ३ साउन ।
भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस् टिचिङ हस्पिटल (पुरानो मेडिकल कलेज अस्पताल) को तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर रहेका छन् । मगरले आज (बिहान करीव १०स्४० बजे अस्पतालको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आर्थिक अवस्था न्युन भएका उनी केही समयदेखी पित्त थैलीको क्यान्सरबाट पिडीत मगर हिजो मात्रै उक्त अस्पतालमा भर्ना भएर उपचार गराई रहेका थिए । प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर गम्भीर घाइते भएपछी सोही अस्पतालमा उपचारका क्रममा आज विहान ११ः ३० बजे मृत्यु भएको हो ।
सामान्य परिवारका तथा आर्थिक अवस्था कमजोर रहेका त्यसमाथी पनि एक वृद्ध नागरिकको अस्पतालमा भर्ना भएर सो घटना घटेपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस