आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

१० लाख २० हजार रकम सहित हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ

२०८१ श्रावण ८, मंगलबार मा प्रकाशित ( १ साल अघि) ९७५५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ८ साउन ।

प्रहरीले १० लाख २० हजार रकमसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटा गाँउपालिका वडा नं.६ पुरैनिया गाउँ बस्ने ४१ वर्षीय सैदुल्ला मियाँ र २२ वर्षीय बागर अन्सारी रहेका छन्। आइतबार प्रहरीले उनिहरुलाई पक्राउ गरेको छ ।

हुण्डी कारोबार भैरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवा, बाराबाट प्र.ब।.ना.नि सन्तोष के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले बाराको बिश्रामपुर गाँउपालिका वडा नं.१ घोडासहन नाकास्थित सडकमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना ३६ प ४५६३ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीको अनुसार उक्त रकमको पक्राउ परेकाहरुले श्रोत खुलाउन नसकेको जनाएको छ । उनीहरुमाथि हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट सात दिनको म्याद थप गरी थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस