आज: २०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

ब्रिटिसलाई मध्यस्थ नराखी सीमा विवाद समाधान गर्छौं , प्रधानमन्त्री बालेन

२०८३ अषाढ ८, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) ३२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
चितवन ८ असार ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भारतसँगको सीमा विवाद समाधानका नेपालले ब्रिटेनलाई मध्यस्थकर्ता नराखी दुई देशबिच समाधान गर्ने बताउनु भएको छ । उनले नेपालसँग कालापानी–लिपुलेक क्षेत्रबारे पर्याप्त ऐतिहासिक प्रमाण रहेकाले सीमा विवाद टुंग्याउन संवाद र सहकार्यमार्फत समस्या समाधान गरिने स्पष्ट पारेका हुन्।

यही असार ७ गतेदेखी चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आफूले व्यक्त गरेको भनाइबारे स्पष्टीकरण दिएको आभाश गरिएको थियो।

उनले ‘हामीसँग कालापानी र लिपुलेकका प्रयाप्त प्रमाणहरु छन्। आवश्यक परे ब्रिटिस शासनकालका अभिलेख र प्रमाण पनि प्रस्तुत गर्न सक्छौँ भनेका हौँ,’ उनले भने, ‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता रुपमा राख्न खोजेका होइनौँ।’

सोही क्रममा प्रधानमन्त्री शाहले नेपाल आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट रहेको उल्लेख गर्दै सीमा विवाद तथ्य, प्रमाण र कूटनीतिक संवादका आधारमा हामी समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले सरकार सञ्चालन र राजनीतिक यात्रालाई गाडीसँग तुलना गर्दै आफूहरूलाई ‘ब्रेक’ लगाउनुपर्ने सुझावहरू आइरहेकोले उनले भने चिन्ता नलिनोस् हामी लोकल गाडी हैनौं एक्स्प्रेस हाँैं त्यही स्पीडमा गुडी रहन्छौं।

‘सरकार भनेको गाडीजस्तो हो, ब्रेक पनि चाहिन्छ भनेर धेरैले सुझाव दिनुभएको छ। लोकल रोडमा हिँड्दा त्यो ठीक पनि होला ,’ ‘तर हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो। यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यभन्दा अगाडि ब्रेक लागाउन आवश्यक पर्दैन।’

प्रधानमन्त्री शाहले दिएका यस अभिव्यक्तिलाई चुनाव हुनु पुर्व रास्वपाले नागरिकसंग राखेको प्रतिज्ञा तथा राजनीतिक गति, परिवर्तनको एजेन्डा र सरकारको कार्यशैलीप्रतिको आत्मविश्वासका रूपमा हेरिएको छ।

साथै रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूमध्य नेपाली काँग्रेका सभापति गगनकुमार थापाको मन्तव्यलाई सबैले बडो उत्साह,गम्भिरता र महत्वको रुपमा लिइएको छ भने यस महाधिवेशनबाट रुास्वपा पार्टीको आगामी राजनीतिक कार्यदिशा र भविश्य तय हुने निष्कर्षको रुपमा हेरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस