
काठमाडौँ ८ साउन ।
काठमाडौं महानगरपालिकाले दरबार क्षेत्रका असाधारण सम्पदाहरुलाई असर पार्ने संरचनालाई सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।महानगरपालिकाले काठमाडौं विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्व भएको काठमाडौं दरबार क्षेत्र भित्र असाधारण सम्पदाहरुलाई असर पार्ने कुनैपनि सम्रचना हटाउन निर्देशन दिएको हो ।
सो आसपासमा बनाईएको अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरु ७ दिन भित्र हटाई यस महानगरपालिकालाई जानकारी दिन अनुरोध गर्दै महानगरले मंगलबार निर्देशन दिएको छ ।












प्रतिक्रिया दिनुहोस