आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

पूर्वमन्त्री महोत्वले पाँच हजार घुस दिएको विषयमा अनुसन्धान गर्न गृह्रमन्त्रीको निर्देशन

२०८१ श्रावण ८, मंगलबार मा प्रकाशित ( २ साल अघि) १२९९२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ८ साउन ।

गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा.वीरेन्द्र महतोले घुस दिएको विषय तत्काल अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन प्रहरीलाई निर्देशन दिइसकेको बताउनु भएको छ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको भन्ने विषयमा सांसदहरूले सदनमा उठाएको सवलमा सरकार गम्भीर रहेकोले सो सवालको अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिनु भएको हो।

उहाँले व्यक्तिगत रुपमा पनि आफुले सांसद महतोसँग सो विषयमा जानकारी लिएको समेत बताउनु भयो। “प्रहरीलाई उक्त घटनाबारे तत्काल छानबिन गर्न आदेश दिइसकिएको छ। यो विषयलाई सरकारले अत्यन्त गम्भीर रुपमा लिएको छ”, ।

जनता समाजवादी पार्टीका सांसद महतोले सदनमा आफूले शिक्षा मन्त्रालयको सानोठिमीमा छोराको सर्टिफिकेटको सन्दर्भमा पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस