
नारी बाटिका
काठमाडौँ ९ साउन ।
हेने हार,दैव नटार भने झै ,नेपालमा फेरी आज अर्को दुखद घटना घटेको छ । आज विहान सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । साथै सो दुर्घटनामा मृत्यु भएकाहरु १८ रै जनाको बुधबार नै पोस्टमार्टम हुने भएको छ । अस्पतालले सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने बन्दोबस्त मिलाउँने काम भैईरहेको छ ।
स्रोतका अनुसार पोस्टमार्टमका लागी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शबलाई राखिएको छ । पोस्टमार्टमा संलग्न सबै प्राविधिक स्वास्थ्यकर्मीहरुलाई अस्पताल आउन खबर गरिएको छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा तर्फको उडान भरेको सौर्य एयरको जहाज उड्नेवित्तिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिष शाक्य घाइते भएका छन् ।
मर्मतका लागि पोखरा लैजान लागिएको जहाजमा सौर्य एयरलाइन्सका कर्मचारी सहित १८ जना यात्रु र पाइलट मनिष शाक्य गरी १९ जना सवार थिए ।








प्रतिक्रिया दिनुहोस