
नारी बाटिका
काठमाडौं १३ साउन ।
बालाजु चोकस्थित बैंकको एटीएम तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सो प्रकरणमा पक्राउ पर्ने रौतहट यमुनामाई गाउँपालिका वडा न. १ घर भई हाल काठमाडौं बडा नं. १४ कलंकी बस्ने वर्ष १८ वर्षीय राधेश्याम बैठा रहेका छन् ।
आज आईतबार दिउँसो काठमाडौंको बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गर्दा बैठालाई फलामको रड सहित पक्राउ गरेको हो । खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली खटिई गई काठमाडौं प्रहरी परिसरले जनाएको छ।
उनको साथमा अन्य संलग्न छ वा छैन भन्ने लगायतका बारेमा ठप पुष्टी गर्नको लागी बैठालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भईरहेको छ।








प्रतिक्रिया दिनुहोस