
नारी बाटिका
भोजपुर १६ साउन ।
रातभरीको अविरल वर्षाका कारण भोजपुरमा आएको बाढीले बगाएर दुई जना बेपत्ता भएका छन्। भारी बर्षा भएपछी भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुई जना कामदार हराएका हुन्। वेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू छन्।
त्यस्तै सोही बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ। करिब १ किमि तलसम्म बगायर घाइते अवस्थामा फेला परेका चौधरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
उक्त आयोजनाको निर्माण कार्यमा खटिएको लेवर क्याम्प, क्सर,जडान गरिएको करिब ५ सय मिटर पाईप समेत सोही बाढीले बगाएको छ।बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस