आज: २०८३ भाद्र १०, बुधबार | Wed, 26, Aug, 2026

वडा कार्यालय नजिक कुपन्डोलस्थित बागमती किनारमा एक पुरुषको शव भेटियो

२०८१ श्रावण २०, आईतबार मा प्रकाशित ( २ साल अघि) १४१४१ पटक पढिएको
नारी बाटिका


काठमाडौं २० साउन ।

ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । आईतबार बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०र४२ वर्ष उमेरका देखिने एक पुरुषको शव भेटिएको हो।

उक्त शव घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। शवको पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।अहिले सम्म शवको पहिचान खुलेको छैन। घटनाको थव अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस