आज: २०८३ अषाढ १६, मंगलबार | Tue, 30, Jun, 2026

देशका विभिन्न ठाउँमा पहिरोले पुरिएर धन जनको क्षति,बागलुङमा८ जानाको मृत्यु चार बालकको अवस्था अज्ञात

२०८१ श्रावण २३, बुधबार मा प्रकाशित ( १ साल अघि) १४१४८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ, २३ साउन ।

पछिल्लो समयमा देशका विभिन्न ठाउँमा गएको पहिरोमा परी धन जनको क्षतिहुने क्रम जारी छ । बागलुङ जिल्लाको बडिगाडस्थित ८ मा मंगलबार खसेको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । साथै सोही पहिरोले पुरेका चार बालक समेत बेपत्ता छन्।

हिजो(मंगलबार) बिहानै उक्त स्थानमा ठुलो मात्रामा पहिरो खसेर घर पुरिँदा बडिगाड गाउँपालिकाको वडा न.ं–१० मा ६ जना र बडिगाड गाउँपालीकाको वडा नं.–९ मा २ जना गरी एकैदिन ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाग्लुङले जनाएको छ ।

उक्त पहिरोमा परी मृत्यु हुनेहरुमा बडिगाड गाउँपालिका–१० का ७ वर्षीया मालती बुढा, १३ वर्षका मनोज बुढा, अमन बुढा, मैतीदेवी विक र एक ६ वर्षीया बालिका रहेका छन्। एक जना घाइतेको गएराति नै निधन भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको हो।

यस्तै सोही पहिरोमा परी चार बालकहरु पनि बेपत्ता भएका छन्। यसरी बेपत्ता हुने बालकहरुमा ७ वर्षीय मधु बुढा, १० वर्षीय मनोज बुढा, ३ वर्षीय अमन थापा र १४ वर्षका सुजन विक रहेका छन् भने उनीहरुको तिब्रगतिमा खोजी भइरहेको छ।

त्यसैगरी सोही बडिगाड गाउँपालिकाको वडा नं. –९ को पहिरोमा परी १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएकोछ ।

सोही पहिरोमा पुरिएकाहरु मध्यका घरबाट चार जनाको भने जिवितै उद्धार गर्न सफल भएको थियो। घाइतेमध्ये गम्भीर रहेका चार जनालाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस