
नारी बाटिका
काठमाडौं २३ साउन ।
आज काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउॅंपालिका सुर्याचौरमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । उक्त हेलिकप्टरमा नेपाली पाइलट अरुण मल्ल सहित ४ जना चिनियाँ नागरिक गरि ५ रहेको र दुर्घटनामा परी पाँचै जनाको मृत्यु भएको जनाईएको छ ।
बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको हो । साथै सोही दुर्घटनामा परी ज्यान गुमाउनेहरु पाँच जनाको शव अहिले भर्खरै भेटिएको छ।
उक्त दुर्घटनामा परी मृत्यु भएका चालकसहित ४ जना यात्रुहरुको शव भेटिएको शिवपुरी गाउँपालिका वडा ७ का वडाध्यक्ष वीर बहादुर तामाङले जानकारी दिएका छन्। दुर्घटनामा परेका मृतकहरू को को थिए भन्ने पहिचान प्रकृया भइरहेको उनको भनाई छ।
प्रारम्भिक जानकारी अनुसार उक्त हेलिकोप्टरमा एक पाइलट र चार यात्रुहरु सवार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले बताउनु भयो।








प्रतिक्रिया दिनुहोस