आज:  | Tue, 11, Feb, 2025

आफ्नै स्कुल बसको ठक्करबाट ६ वर्षीया एक बालिकाको मृत्यु

२७ श्रावण २०८१, आईतवार ०६:१४ मा प्रकाशित ( ६ महिना अघि) २०२२ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ साउन ।

शनिबार भक्तपुर, सूर्यविनायक नगरपालिका(५ कटुन्जे तिनधारेमा बसको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । कटुन्जे तिनधारेस्थित सल्लाघारीबाट सुवर्णेश्वरतर्फ जाँदै गरेको अक्सफोर्ड प्राक्टिकल स्कुलको बाग्मती २ क। ९९११ नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका(५ कटुन्जे बस्ने रेज कुमार नेपालकी छोरी ६ वर्षीया रियान्सी नेपालको शुक्रबार मृत्यु भएको हो ।

बालिका आफ्नै स्कुलको बसबाट ओर्ली बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिईन् भने उनको डाईवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका(७ ठडियास्थित सडकमा गछियाबाट बिराटचोक तर्फ जाँदै गरेको को।१ च ५८७३ नम्बरको कारको ठक्करबाट पैदलयात्री भारतका ५५ वर्षीय हुपेनर कठेतको शुक्रबार राति मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका कठेतको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बाँके, बैजनाथ गाउँपालिका(५ जि गाँउ चोकमा भे.१ क २०६२ नम्बरको ट्रकले बा.प्र।०३(००५ प २०५५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका(९ घर भई प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बिकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबै दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस