आज:  | Fri, 17, Jan, 2025

संघीय सरकारका मन्त्रीहरू धमाधम सुविधासम्पन्न सरकारी निवासमा सर्दै

२९ श्रावण २०८१, मंगलवार ०९:३१ मा प्रकाशित ( ५ महिना अघि) ६९४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ साउन ।

यतिबेला संघीय सरकारका मन्त्रीहरू धमाधम सुविधा सम्पन्न सरकारी निवासमा सर्न थालेका छन् । संघीय सरकारका मन्त्रीहरु ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्री निवासबाट नवनिर्मित भैँसेपाटीस्थित सुविधा सम्पन्न सरकारी निवासमा सर्न थालेका हन्। अहिलेसम्म पाँच जना मन्त्रीहले आफ्नो बसाई उक्त भैँसेपाटी निवासमा सारीसकेका शहरी विकास मन्त्रालयले जनाएको छ।

मंन्त्रीसंगै राष्ट्रिय सभाका उपाध्यक्ष समेत भैँसेपाटीस्थित नवनिर्मित सुविधायुक्त भवनमा सरेक खबर आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ, शहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता बिनु बज्राचार्य कुँवरले अहिलेसम्म अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल,नवनिर्मित सुविधासम्पन्न भवनमा सरेका छन् ।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, खानेपानीमन्त्री प्रदीप यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडी भैँसेपाटी निवासमा सरेको जानकारी दिनु भयो। साथै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसमेत भैँसेपाटीस्थित नवनिर्मित निवासमा सरिसकेको प्रवक्ता कुँवरले बताउनु भयो ।

साथै यसै साउनभित्र सबै मन्त्रीलाई हरिहर भवनस्थित मन्त्रीनिवासबाट भैँसेपाटीमा बनेको नयाँ सुविधासम्पन्न मन्त्रीनिवासमा स्थानान्तरण गर्ने मन्त्रालयको योजना छ’,। , ‘प्रवक्ता कुँवरका अनुसार मन्त्रीज्यूहरू बसाइँ सरेपछि त्यस पुरानो मन्त्रीनिवासलाई मर्मतसम्भार तथा रङरोगन गरी न्यायाधीशहरूको निवासका लागी तयार गरिने भएको छ ।

गत फागुनमा मन्त्रिपरिषद्को बैठकले मन्त्रीनिवास भैँसेपाटीमा निमार्ण भएसंगै उक्त भवनमा सारेर हरिहर भवनमा सर्वोच्च अदालतका न्यायाधीशहरूको आवास बनाउने निर्णय गरेको थियो । सर्वोच्च अदालतका २० जना न्यायाधीश र एक जना मुख्य रजिस्ट्रारलाई २१ वटा आवास चाहिन्छ । संघीय मन्त्रीनिवास निर्माण आयोजनाका इन्जिनियर रञ्जन दासका अनुसार मन्त्रीनिवासको अहिलेसम्मको भौतिक प्रगति ९९ प्रतिशतमा कार्य सम्पन्न भईसकेको छ ।

इन्जिनियर दासले भनेमन्त्रीनिवास अन्तर्गत कुल ३० वटा भवन निर्माण भएका छन्, जसमध्ये २४ वटा मन्त्रीका लागि, दुई वटा राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षका लागि र एउटा संघीय प्रतिनिधि सभाका उपसभामुखको निवासका लागि निर्माण भइरहेका छन् ।

त्यसैगरी उनीहरुका अंग रक्षकका रुपमा परिचालित सुरक्षाकर्मीका लागि तीन वटा भवन निर्माण भइरहेका छन्। यी भवनहरु ९६ रोपनी क्षेत्रफलको जग्गामा निर्माण भइरहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस