
काठमाडौं ३२ साउन ।
हाल देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
त्यस्तै आज दिउँसो सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यसैगरी सुक्रबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस