आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

डोटीमा बस दुर्घटना हुंदा बसमा सवार १७ जना यात्रु सबै घाइते अवस्थामा

२०८१ श्रावण ३२, शुक्रबार मा प्रकाशित ( २ साल अघि) १५४२८ पटक पढिएको
नारी बाटिका


डोटी ३२ साउन ।

डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।आज धनगढीबाट दिपायल तर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका(४​ मा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो। बसमा सवार सबै यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनु भयो ।

दुर्घटना भएको बस सडकबाट करिब ३५ किलोमिटर तल खसेको थियो। घाइतेहरूको उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिएको एसपी कोइरालाले जानकारी दिनु भयो। दुर्घटनाको कारण बारे खुलिसकेको छैन भने थप क्षतिको थप विवरण आउन बाँकी रहेको साथै घटनाको सम्वन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑