
नारी बाटिका
सोलुखुम्बु १ भदौ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ को थामेमा सुक्रबार दिउसो आएको भिषण बाढीका कारण १४ वटा भवनहरूमा पूर्ण रुपमा क्षति भएको जनाईएको छ ।
हिजो दिउँसो अपरान्ह भिषण बाढी आउँदा ७ वटा घर, ५ वटा होटल, एक वटा औषधी पसल र एक वटा विद्यालयको होस्टेल समेत बाढीले बगाएको छ ।साथै सोही बाढीका कारण दुधकोसी नदीमा मानीको बहाव पनि बढेको छ । दुधकोसी नदीमा बहाव बढेसँगै खुम्बु जोड्ने ओर्लाङघाटमा रहेको मोटरएबल पुलमा समेत क्षति पुगेको छ ।
त्यसैगरी सोही बाढीले नदिको बहाव बढेपछी सोताङ गाउँपालिका १ दिप्ली घाटमा रहेको बेली बृज पनि बगाएको छ । उक्त घटनापछी खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्ति जारी गरी स्थानीय सरकार,प्रशासन र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्य भइरहेको जनाएको छ ।
अविरल वर्षासंगै खराब मौसमका कारण थप उद्धारमा कठिनाइ भएको गाउँपालिकाको विज्ञप्तिमा जनाएको छ । साथै गाउँपालिकाले खोजी कार्य, उद्धार, राहत तथा पुनः स्थापनाको लागी विभिन्न सङ्घ संस्था, प्रदेश सरकार र संघिय सरकारलाई पनि अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस