आज:  | Tue, 10, Sep, 2024

अति विपन्न तथा गरिव बालबालिकालाई वडा अध्यक्ष अक्षयकोषबाट शैक्षिक सामाग्री वितरण

३ भाद्र २०८१, सोमबार ११:२२ मा प्रकाशित ( ३ हफ्ता अघि) २२१ पाठक संख्या
नारी बाटिका


धादिङ ३ भदौ ।

धादिङको निलकण्ठ नगरपालिका वडा नं.३ का वडाध्यक्ष राजकुमार श्रेष्ठकोले अक्षयकोषबाट आर्थिक अवस्था न्युन बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् । २०७९ को स्थानीय तह अन्र्तरगत नीलकण्ठ नगरपालिको ३ न. वडामा स्वतन्त्र रुपमा निर्बाचित श्रेष्ठले आफुले वडाध्यक्ष भएर वडावासीको सेवा गरे वापत पाउने भत्ताबाट वडाध्यक्ष अध्ययकोष स्थापना गरी सोही कोषबाट गरिब तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन्।

आईबार एक कार्यक्रमकाबिच नगरपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत अति विपन्न तथा गरिव ४७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको वडा कार्यलयले जनाएको छ। समाजसेवी मन भएका श्रेष्ठले स्थानीय निर्वाचनमा आफुलाई टिकट नदिएपछी उनी स्वतन्त्र रुपमा निर्बाचनमा होमिएका थिए ।

मत माग्ने क्रममा वडावासीहरुसंग आफुले गरेका प्रतिवद्धता अनुसार उनले वडा अध्यक्ष अक्षयकोष निर्माण गरी किताब, कापी, झोला, जुत्ता, विद्यालय पोशाक लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर बालबालिकाहरु ‘कापी, कलम, झोला, विद्यालय पोशाक लगायतका शैक्षिक सामाग्री अभावका कारण शिक्षा हाँशिल गर्नमा समस्या भोग्दै आएका बालबालिकालाई आवश्यक सामाग्री वितरण गरिएको थियो।

वडाध्यक्ष श्रेष्ठले भने मेलै पाउने तलव भत्ताले संकलन भएको अक्षयकोषबाट शिक्षा,स्वास्थ्य, खेलकुद लगायतका अतिरित्त सामग्रीहरु लगायतले सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छु । म अध्यक्ष पदमा हुन्जेल मात्र होइन, निरन्तर रुपमा यस्ता सामाजिक कार्य गरिरहनेछु ।’

दुई लाख ९५ हजार ४६३ रुपियाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए । अक्षयकोषको मुद्धती खातामा छ लाख ९० हजार र बचत खातामा एक लाख ७४ हजार रुपियाँ रहेको उनले जानकारी गराएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस