
नारी बाटिका
काठमाडौं ५ भदौ ।
राजधानी प्रवेशको मुख्य नाका नागढुङ्गा नजिकै भर्खरै खसेको पहिरोले काठमाडौं भित्रने त्रिभुवन राजपथ अन्तर्रगतको सडक अवरुद्ध भएको छ। काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ सडकखण्ड नागढुङ्गामा पहिरो खसेपछी दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो।
नागढुङ्गा चेक पोइन्टका अनुसार चेक पोइन्टबाट करिब तीन सय मिटर टाढा ठूलो पहिरो गएको छ। साथै सो क्षेत्रमा पहिरो खस्ने क्रम रोकिएको छैन। निरन्तर रुपमा पानी परिरहेकोले पहिरो खस्ने क्रम जारी छ।
चेकपोष्टका अनुसार दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई स्टान्डबाइ राखिएको छ। पहिरो खस्न रोकिएपछि पहिरो पन्छाएर सवारी साधन संन्चालनमा सहज गरिने बताएको छ।








प्रतिक्रिया दिनुहोस