आज:  | Tue, 10, Sep, 2024

जवर्जस्तीकरणी तथा यौन शोषण जस्ता सवलमापनि नगरपालिकाले गुपचुप राख्ने रणनिती गर्दै,आफै छानविन गर्न समिति गठन

९ भाद्र २०८१, आईतवार ०४:२१ मा प्रकाशित ( २ हफ्ता अघि) १५७ पाठक संख्या
नारी बाटिका


रौतहट ९ भदौ ।

रौतहटको मौलापुर ९ का वडाध्यक्ष श्यामकिशोरमाथि यौन शोषणको आरोप लागेको छ । सोही पालिकाका एकजना विवाहित महिलाले वडाध्यक्षले आफुलाई यौन शोषण गरेको उजुरी दिएपछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ । जवर्जस्तीकरणी तथा यौन शोषण जस्ता सवलमापनि नगरपालिकाले गुपचुप राख्ने रणनिती गर्दैछ ।

वडाध्यक्ष श्यामकिशोर साहले सोही गाउँकी एक विवाहित महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई पटक पटक यौन शोषण गरेको बताएपछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो ।सोही घटना बारे सत्य तथ्य बुझी यथार्त बाहिर ल्याउन मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्सीय छानबिन समिति गठन गरिएको छ ।

घटना बारे छानबिन गरी समितिले १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेस गर्न भनिएको छ । समितिले घटनाको प्रतिवेदन पेस गरेपछि कस्तो किसिमको कारबाही हुने सो सम्बन्धमा कार्यपालिकाले निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

छानबिन समितिमा वडा १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अच्छेलाल साह अधिकृत छैठौँ सदस्य रहेका छन्। वडा अध्यक्षकै गाउँकी एक विवाहित हिलाले आफूसँग बिहे गर्ने प्रलोभन दिएर यौन शोषण गर्दै आएको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि मौलापुर नगरपालिकाले छानबिन समिति गठन गरेको हो।

तर जवर्जस्तीकरणी,बलात्कार तथा यौन शोषण जस्ता अपराधिक विषयमा सिधै प्रहरीमा लैजानु पर्ने केसलाई नगरपालिकाले छानविन समिति गठन गरी घटनाको छानविन गर्ने कानुनी अधिकार छैन । यस विषयमा सिधै प्रहरीले मात्रै पिडकलाई अनुसन्धानमा राखेर पिडितसंग आवाश्य सोधपुछ लगायतका कार्य पुरा गरर अदालत जानु पर्ने कानुनी व्यवस्था हुंदा हुंदै स्थानीय सरकारले कानुनको खिलाप गरेको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस