
रौतहट १० भदौ ।
रौतहट जिल्ला प्रहरी कार्यालय मातहतको गस्ती टोलीले लाखौं बराबरको अबैध भारतीय सामानसहित ४ जनालाई पक्राउ गरेको छ । गस्तिमा गएका प्रहरी टोलीले विभिन्न स्थानबाट भंसार छली,गरी चोरी निकासीको चार लाख एकईस हजार पाच सय नब्बे बराबरको सामान सहित ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहडका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरिक्ष एलिजा गिरीका अनुसार बरामद १ लाख ४१ हजार ९०० बराबरको लत्तकपडा,७७ हजार,६९० को किराना खाद्यान, २ लाख २० हजारको ४ थान मोटरसाईकल सहित चारै जनालाई पक्राउ गरीएको जानकारी गराउनु भयो ।
साथै सो सम्वन्धमा आवश्यक अनुसन्धान गरी कार्यवाही को लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको बताईएको छ ।












प्रतिक्रिया दिनुहोस