आज:  | Tue, 10, Sep, 2024

लाखौंको प्रलोभनमा पारी भारत पुर्‍याएर मिर्गौलाको तस्करी गर्ने दुईजना पक्राउ

१३ भाद्र २०८१, बिहीबार ०५:४७ मा प्रकाशित ( १ हफ्ता अघि) १३१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १३ भदौ ।

लाखौंको कमाई गर्न सकिने भन्दै प्रलोभनमा पारी भारतमा लगी मृगौलाको तस्करी गर्दै आएका दुईजना पक्राउ परेका छन् । तस्करहरुले भारतको कलकत्तामा पुर्‍याई मानव अंग मिर्गौला बेचबिखन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका(८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका(२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका प्रहरीले जनाएको छ।

उनीहरुले पीडितहरुलाई विभिन्न प्रलोभनमा पारी रोजगारीको लागी भन्दै भारत पुर्याएर आफ्नो मृगौला झिकेर बिक्री गर्न लागेको चाल पाएपछी पिडितहरु कै उजुरीको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले पीडितलाई मिर्गौला बिक्रि गरेमा १० लाख कमाउन सकिने भनि भारतमा पुगेपछी मात्रै भनेका थिए । पिडितलाई प्रलोभनमा पारी पीडितको स्वाथ्य परीक्षण गराई काठमाडौंबाट वीरगंज हुँदै भारतको कलकत्ता पुर्‍याएको खुल्न आएको थियो ।

उक्त घटना सम्वन्धमा थप अनुसन्धानको क्रममा मृगौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परीवार भित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरु झुट्टा बनाई धाक धम्की दिई उल्लेखित रकम समेत नदिई जवरजस्ती मिर्गौला प्रत्यारोपण गरेको खुल्न आएको थियो।

मृगौला तस्करहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद थपको अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस