आज:  | Tue, 10, Sep, 2024

गृह्रमन्त्रालयको निर्णयले तीन डिआईजीको सरुवा उपत्यका ट्राफिक प्रहरी प्रमुखमा बोहरा

१८ भाद्र २०८१, मंगलवार ०६:०२ मा प्रकाशित ( १ हफ्ता अघि) १३६ पाठक संख्या
नारी बाटिका


बिबियु

काठमाडौँ – १८ भदौ ।

गृहमन्त्री रमेश लेखकको संयोजत्वमा बसेको गृह्रमन्त्रालयमा भएको बैठकको निर्णयले शोमबार जनपद प्रहरी समूह तर्फका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)को सरुवा गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्यरत रहेका डिआइजी कृष्णहरी शर्मा पोखरेललाई बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखमा पठाइएको छ। यसैगरी डिआईजी किरण राणालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रमुखमा सरुवा गरेको छ ।

साथै भरतबहादुर बोहरालाई प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालबाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा ल्याइएको छ । बोहराले यसअघि एसएसपी हुँदा काठमाडौँ जिल्लाको कमाण्डमा सफलतापुर्वक जिम्मेवारी पुरा गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस