आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

एमाले पोलिटब्यूरो बैठक अहिले १ बजेबाट सुरु बैठक दुई दिनसम्म चल्ने

२०८१ भाद्र १८, मंगलबार मा प्रकाशित ( १ साल अघि) ५३३० पटक पढिएको
नारी बाटिका


काठमाडौं१८ भदौ ।

सरकारको नृतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज बस्दैछ। एमाले केन्द्रीय कार्यालय च्यासलस्थितमा अहिले दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्न लागेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

सचिव विष्टका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझाव सहित अन्तिम रुप दिइने बताईएको छ।

साथै यस बैठक आज र भोलि दुई दिनसम्म चल्ने पनि जनाइएको छ । एमालेको केन्द्रीय समितिमा ९५ जनाको पोलिटब्यूरो सदस्य रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस