
नारी बाटिका
काठमाडौं– २१ भदौ ।
हरेक वर्ष नेपाली महिलाको महान पर्वको रुपमा मनाइँले हरितालिका भाद्र शुक्ल तृतीया अर्थात् तीजको दिन आज पशुपतिनाथमा महिलाको भिड लागेको छ । आजका दिन विशेषगरी मठ मन्दिरमा महिलाको भिड लाग्ने गर्दछ ।
सनातन धर्मावलम्बी महिलाले शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा(आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा रही आएको छ।
सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले आजकै दिन निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ अनुसार नेपाली महिलाहरुले ब्रत बस्ने प्रचलन छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गर्ने गरिन्छ।
आज तीजको अवसरमा पशुपतिनाथ लगायत देशका शिवालय मठ मन्दिर परिसरमा श्रद्धालु महिलाको घुइँचो लागेको छ। (








प्रतिक्रिया दिनुहोस