आज:  | Tue, 08, Oct, 2024

आज ऋषिपञ्चमी, साथै यस दिनको विशेष धार्मिक महत्व

२३ भाद्र २०८१, आईतवार ०३:४६ मा प्रकाशित ( १ महिना अघि) ६८ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता
काठमाडौं– २३ भदौ ।

आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।सनातनवादी नेपाली नारीहरुले आज बिहानै झिस्मिसेमा उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने गर्दछन् ।

दर खाएको भोलिपल्ट हरितालिका (तीज को व्रत एवं भगवान शिवको पूजाआरधना गरी शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिन भयो ।

आज दत्तिउन, गाईको गोबर, विभिन्न थरीका माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्ने प्रचलन छ । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी सप्तऋषीको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीको दिन भएकोले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

पवित्र नदी किनारमा गई आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस