आज:  | Tue, 08, Oct, 2024

काँग्रेसकी नेतृ चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा सिफारिस

२५ भाद्र २०८१, मंगलवार ०४:११ मा प्रकाशित ( ४ हफ्ता अघि) ९२ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

काठमाडौं – २५ भदौ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीको नेतृत्वमा बनेमो सरकारले नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले पूर्वउपसभामुख समेत भईसक्नु भएकी यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि अस्ट्रेलिया राजदूतका लागि कांग्रेसकै नेतृ कान्ता रिजालको नाम आएको भएता पनि उनी विवादमा परेका कारण रिजालको नाम काटिएपछि सोही पद रिक्त थियो। सोही पदमा कांग्रेसले आफ्नो कोटाबाट मधेसी समुदायकी यादवलाई राजदूत बनाएर पठाउन लागेको हो।

साथै सरकारले गरेको राजदूत सिफारिसमा समावेशी नभएको पनि आलोचना भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस