आज:  | Tue, 08, Oct, 2024

बलात्कारको आरोप लागेका सिद्धबाबाले उच्च अदालतबाट पाए सफाइ

२६ भाद्र २०८१, बुधबार ०६:५७ मा प्रकाशित ( ३ हफ्ता अघि) १०० पाठक संख्या
नारी बाटिका


विराटनगर – २६ भदौ ।

आफ्नै भक्तजनमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालतबाट सफाइ पाएका छन्। बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्रविधिकको विज्ञतामा प्रश्न उठाउँदै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको हो ।

उनलाई जिल्लाको फैसलाविरुद्धमा सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन पेश गरेको थियो। मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले उनी विरुद्धमा भएका जिल्लाको फैसला सदर गरी दिएको हो।

वितेको २०७६ कात्तिक दोस्रो साता अन्दाजी राति साढे १२ बजे चतरास्थित आश्रममा कृष्णबहादुर गिरीले जवरजस्तीकरणी गरेको दाबीसहित उनकै अनुयायीले प्रहरीमा उनी विरुद्ध जाहेरी दिएकी थिइन् । उनका अनुयायी तथा भक्तजन बलात्कार आरोपको मुद्दामा जिल्ला अदालत सुनसरीले गत २०८० भदौ २७ मा गिरीलाई सफाइ दिएको थियो।

यसैगरी यसअघि २०७७ मंसिर २२ मा पनि जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश (हाल उच्च अदालतका न्यायाधीश) अर्जुनप्रसाद कोइराला कैइजलासले गिरीलाई सफाइ दिएको थियो।

तर, उच्च अदालत विराटनगरले भने पुनः प्रमाण बुझेर फैसला गर्नु भन्दै जिल्ला मै उक्त मुद्दा फर्काइदिएपछि जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले समेत २७ भदौ २०८० मा सफाइ दिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस