आज:  | Tue, 08, Oct, 2024

सरकारी कर्मचारीहरु कार्यलयको कामै छाडेर सेयर कारोबारमा बेस्त हुने गरेकोले रोक लगाउने तयारी

२६ भाद्र २०८१, बुधबार ०८:३७ मा प्रकाशित ( ३ हफ्ता अघि) १०२ पाठक संख्या
नारी बाटिका


काठमाडौं – २६ भदौ ।

पछिल्लो समयमा सरकारी कर्मचारीहरु कार्यलयको जिम्मेवारी पुरा गर्ने भन्दापनि शेयर कारोबारतिर बेस्त हुन लागेपछी सरकारले कर्मचारीलाई शेयर कारोबार गर्न रोक लगाउने भएको छ । अब उपान्त सरकारी कार्यालयमा सेयर कारोबार नहुने गरी टीएमएस खुल्ने वेबसाइट बन्द गरिने भएको छ । आगमी दिनदेखी देशभरका सबै सरकारी कार्यालयमा सेयर कारोबार हुने वेबसाइट बन्द गरिने सरकारले तयारी गर्दै छ ।

तर कम्प्युटरमा वेवसाईट बन्द भए पनि मोबाइलबाट इन्टरनेटको सुविधा लिई चलाएको पाइएमा के कारबाही हुने भन्ने अन्योल देखिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने बनाउन व्यवस्था गर्न निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । तर, कर्मचारीले आफ्नो मोबाइलमा डाटा प्रयोग गरेर भने चलाउन सक्ने अवस्था देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुरारी पराजुलीले नेप्सेले आफ्नो सेवा ठाउँ अनुसार बन्द गर्न नसक्ने बताउनुभयो ।

उहाँले कार्यालयले चाहे आफ्नो वाइफाइ प्रयोगकर्ताले निश्चित वेबसाइड नखुल्ने बनाउन भने मिल्ने जानकारी दिनु भयो । सिंहदरबारभित्र सेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा प्रधानमन्त्री कार्यालयले मंगलबार सबै सरकारी कार्यालयमा टीएमएस वेवसाईट नचल्ने बनाउन निर्देशन दिएको हो।

नागरिकको सेमा खटिएका कार्यलयमा हाँजिर भएपछी सरकारी कर्मचारीहरु सेयर कारोबारमा बेस्त रहने र जनताको कामप्रति ध्यानै नदिने प्रवृति बड्दै गएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले प्रधानमन्त्री कार्यालयलाई सरकारी कर्मचारीलाई सेयर कारोबारमा रोक लगाउन भन्दै पत्र लेखेको बताउनु भएको छ ।

तर, कार्यालय समयमा सेयर कारोबार गरे के गर्ने भन्ने प्रश्नमा भने उत्तर दिन नमिल्ने प्रवक्ता घिमिरेको भनाई थियो । सिंहदरबारका कर्मचारी कार्यालय समयमा काम छाडेर सेयर कारोबारमा व्यस्त हुने गरेको उजुरीपछि अख्तियारले अनुगमन गरेको थियो ।

अनुगमनमा पनि उजुरी गरेजस्तै अवस्था देखिएपछि अख्तियारले पत्र काट्न वाध्य भएको थियो । त्यसै गरी प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले पनि कर्मचारीले आफ्नो मोबाइलमा डाटा प्रयोग गरी चलाएको पाइएमा के कारबाही हुने भन्नेमा भने अन्यौल नै छ ।

उहाँले प्रधानमन्त्री कार्यालयले आफू मातहतका मन्त्रालय र प्रदेश मुख्यमन्त्रीको कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिनु भयो । पछिल्लो एक–दुई महिनायता सेयर बजारमा उत्साह देखिएको छ । सोही कारण सरकारी कर्मचारीहरूको अत्याधिक रुपमा सेयर कारोबार गर्ने गरिएकोले कारोबारमा बढेको देखिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस