
नारी बाटिका
धादिङ -२७ भदौ ।
आफु सानै हुंदा वौद्ध गुम्वामा छोडेर सम्पर्क विहिन भएका आमा बुवा खोज्दै एक बालक धादिङवेशी आईपुगेका छन । आफुलाई ४ । ५ बर्ष उमेरमा बुबा आमाले स्वयम्भुको गुम्बामा लगेर छोडेको र त्यसपछी आफुले आमा बुवालाई भेट्न नपाएको बताउने अभिषेकले परिवार खोज्दै धादिङवेशी आईपुगेका हुन् ।
घर धादिङ चौतारामा भएको र बुबाको नाम सुनिल,आमाको नाम सुनिता रहेको बताउँछन् उनी । आफ्नो उमेर अन्दाजी १३।१४ बर्ष भएको बताउँछन् उनी। आफु ४।५ बर्ष को हुँदा आमा बुवाले गुम्वामा लगी छोडेको ,आफ्नो २ वटा बहिनी रहेको,बुबा ट्रक चालक रहेको र गुम्बामा रहँदा एक बर्ष सम्म आमा बुवा दुबैसँग फोनमा सम्पर्क भईरहेको बताएका छन् ।
तर त्यसपछि भने त्यो मोवाईल नम्बरमा फोन गर्दा सम्पर्क नभएको उनी बताउँछन् । आफ्नो परिवारको खोजी गरिदिन उनले विभिन्न संन्चारमाध्यम मार्फत आग्रह गरेका छन् ।फेला पार्ने जोसुकैले पनि ९८४१८६९७४४ मा सम्पर्क गरिदिन समेत आग्रह गरेका छन् ।








प्रतिक्रिया दिनुहोस