आज: २०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

आजपनि यी तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध

२०८१ भाद्र २८, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १०७५९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २८ भदौ ।

आजको मौसम: देशका केही भागमा अहिले विहान हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा जनाएको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिमका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी सुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कही र कोशी, बागती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

आज राति सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस