आज:  | Tue, 08, Oct, 2024

चीन भ्रमणमा गएका १४ नेतालाई भोलीपल्टै नेपाल फर्कन रास्वपाको उर्दी जारी

७ आश्विन २०८१, सोमबार ०५:३० मा प्रकाशित ( २ हफ्ता अघि) १६७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ७ असोज ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक दिनअघि मात्तै चीन भ्रमणमा गएका आफ्ना १४ नेतालाई भोलीपल्टै नेपाल फर्कन उर्दी जारी गरेको छ । उनीहरु शनिबार मात्रै चिन भ्रमणमा गएका १४ जना लेताहरुलाई नेपाल फिर्ता हुन निर्देशन दिएको हो ।

गोर्खा मिडिया नेटवर्क (सहकारी)का तत्कालीन सञ्चालक पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि अकासमात बैठक बसेको रास्वपाको केन्द्रीय पार्टी कार्यालयमा भएको छलफलले चीन भ्रमणबाट नेताहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

एक दिनअघिदेखी मात्रै चिनको भ्रमणमा रहेका रास्वपाका नेताहरु चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागको औपचारिक निम्तोमा १० दिने भ्रमणमा गएका थिए। पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाको १४ जनाको टोली अस्ती(शनिवार)को मध्यरात चीन भ्रमणका लागि उडेका थिए।

ूसंसदीय छानविन समितिको अनुसन्धापछी सहकारीको बचत हिनामिना प्रकरणमा दोषी ठहर भएका पार्टी सभापतिमाथि षड्यन्त्र हुनसक्ने सम्भावना देखिएको भन्दै यसका लागी पार्टीले आन्तरिक गृहकार्य गर्नुपर्ने भएकोले तत्काल नेपाल फर्किन लागेका हौँ‚ूभनेर भ्रमण टोलीको नेतृत्व गरेका पुर्व काँग्रेस नेता हाल रास्वपाका वरिष्ट डा.वाग्लेले बताएका छन् ।

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी,कार्यवाहक प्रवक्ता मनिष झा, अन्य नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस