
सिराहा ९ असोज ।
आफ्नै बुवाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । यादवमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ ।
निज छोरा शैलेन्द्र र मृतकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
छोरा र श्रीमतीको कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारका लागी विराटनगर अस्पतालतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।












प्रतिक्रिया दिनुहोस