आज:  | Tue, 08, Oct, 2024

गाउँ छाडी सहर पसेकालाई गाउँ फर्काउने अभियान ६ महिनाको खाद्यान्नसहित एक लाख अनुदान

१० आश्विन २०८१, बिहीबार ०५:१६ मा प्रकाशित ( १ हफ्ता अघि) ४४ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

पर्वत १०असोज ।

आफ्नो जिमीजेथा बाँझै राखी विषादीयुत्त खानामा रमाउदै शहर पसेका नागरिकलाई गाउँ फर्काउन पर्वत जिल्लामा अभियान थालिएको छ । सरकार र जनप्रतिनिधीले राम्रो काम नगरेर जनताको परिनाको करबाट देशमा राजनितिक दल मौलाउँदै गईरहेका बेला तर पर्वत जिल्लाका जनप्रतिनिधिले भने आफ्ना नागरिकलाई गाउँ फर्काउन रु १ लाख नगदसहितको ६ महिनालाई पुग्ने खाद्यान्नसहित उपलव्ध गराउने भएका छन् ।

हुनपनि हाम्रो देशका जनताहरु आफ्ना गाउँमा रहेका श्रीसम्पत्ती,जग्गा जमिन छोडेर शहरमा धुलो,धुवाँ,विषादीयुक्त खानेकुरा र आधुनिकीतिर रमाउने,विरोजगारी भैईयो भनेर सरकारलाई मरी मरी गाली गर्दै हिड्ने तथा ऋण काडेर भएपनि आफ्नो हैसियतभन्दा बढी खर्च गर्न प्रवृतिले समाजमा धेरै जरो गाडेको अवस्था छ । गाउँका जमिन बाँझै राखी तरकारी समेत बजारबाट यति मात्रै भारत चिन लगायतका मुलुकबाट आएका खाद्यान्न तथा तरकारीमा परिवार निर्भर हुने गरेको अवस्था छ ।

यस्ता समस्यालाई न्युनिकरण गर्नका लागी यस पर्वत जिल्लाका स्थानीय तहले गाउँ छाडी गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले रु। एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको हा ।गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो अभियान लागू गरेको छ ।

गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उक्त पालिकाले बताएको छ । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने यो सुखद अवसर दिएको हो ।

खाद्यान्नमा पालिकाले चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने पालिका अध्यक्षले बताउनु भएको छ ।अध्यक्ष भुसालका अनुसार एक वर्षमा उक्त पालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् । यसरी गाउँ नै छाडी अन्यत्र बसाईँ गएकालाई आफ्नै फर्काउने यो महत्वपुर्ण अभियानलाई अन्य जिल्ला र पालिकाले पनि अनुशरण गर्न सके गाउँवस्ती रित्तिने अवस्था आउने थिएर होला …?

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस