आज:  | Tue, 08, Oct, 2024

सुख्खा पहिरो खसी कार पुरिँदा ४ घाइते साथै करिव २ घण्टासम्म राजमार्ग अवरुद्ध

११ आश्विन २०८१, शुक्रबार ०५:२७ मा प्रकाशित ( १ हफ्ता अघि) १५४ पाठक संख्या
नारी बाटिका


बिबियु नारी वाटिका संवाददाता

धादिङ ११ असोज।

धादिङको पृथ्वी राजमार्ग अन्तर्गत सडकखण्डमा सुख्खा पहिरो खस्दा कार पुरिएर चारजना घाईते भएका छन् । गल्छी गाउँ पालिका वडा नम्बर ४ बैरेनी बेल्खु बीचमा पर्ने चिरौदी खोलास्थितमा सुख्खा पहिरो खसेपछी सडकमा गुडीरहेको कार पुरिएर चारजना घाईते भएका हुन् ।

गजुरीबाट काठमाण्डौ तर्फ जादै गरेको ग २ च ७८८५ नम्बर कार पुरिएको हो । सो घटनापछी प्रहरीले कारमा सवार ४ जना घाईते अवस्थामा उद्धार गरि बैरेनी अस्पतालमा उपचारका लागि भर्ना गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनु भयो ।

उक्त सडकखण्डमा सुख्खा पहिरो खसेपछि लगभग राजमार्गमा ६० मिटरभन्दा बढी भाग पुरिएको थियो । सोही कारणबाट राजमार्ग करिव २ घण्टासम्म अवरुद्ध भएको थियो । घटना स्थलमा दुई वटा डोजरले पहिरो पन्छाई तिब्रगतिमा यातायात सुचारु गर्न लागिएको प्रहरी नायब उपरीक्षक डिल्ली पाण्डेले बताउनु भएको थियो ।

सो घटनाले बिहिबार राती अ.सवा ९ बजेपछी राजमार्ग अबरुद्ध भएको थियो भने डोजरले पन्छाउन सुरु गरिएकोले केही समयपछि राजमार्ग पहिरो पन्छायर संचालनमा आउने प्रहरीले जनाएको थियो । दैनिक रुपमा हजारौं सवारीसाधन गुड्ने सो सडकमा २ घण्डाको जामले पनि हजारौं गाडीहरुको लाईन हुने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस