आज:  | Tue, 08, Oct, 2024

रोकिएन विपद्का घटना, काठमाडौं उपत्यकामा मात्रै २१ को मृत्यु

१२ आश्विन २०८१, शनिबार १५:५९ मा प्रकाशित ( १ हफ्ता अघि) ७५ पाठक संख्या
नारी बाटिका


काठमाडौं– १२ असोज ।

देशभर प्राकृतिक विपद् तिब्रगतिमा,काठमाडौं उपत्यकमा मात्रै अहिलेसम्म२१ जनाको मृत्यु भएको छ। आज शनिबार ३ बजेसम्म काठमाडौँमा पात्रै वर्षाजन्य विपद्मा परी नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भई सकेकोछ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका सुचना अधिकारी विनोद घिमिरेले दिएको जानकारी अनुसार अविरल वर्षा भईरहँदा विपद्का घटनामा परी पाँचजना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन्।

त्यसैगरी बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उपत्यका प्रहरीले बताएको छ। बाढी पहिरोकै कारण काठमाडौँमा चार वटा घर भत्किएका छन् । साथै दुई सय २६ घर डुबानमा परेका छन्। ललितपुर र भक्तपुरका धेरै घरको भित्री साईटमा पानी पसेको छ।

विपद्का घटनामा परेका नागरिकलाई उद्धार र राहत सहयोग उपलव्ध गराउनका लागी काठमाडौंमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिनु भयो।

यससंगै विपद्बाट प्रभावित तथा जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्ति समेत परिचालन गरिएको उहाँले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस