आज:  | Tue, 08, Oct, 2024

तिनदेखीको भारी वर्षाले निम्त्याएको देशभरका आपतकालीन समन्वयात्मक बैठक बसी तत्कालै राहतको निर्णय

१३ आश्विन २०८१, आईतवार ०४:०६ मा प्रकाशित ( १ हफ्ता अघि) ८६ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

काठमाडौं– १३ असोज ।

शुक्रबारदेखिको लगातार वर्षाका कारण देशभरि तिब्रगतिमा विपदजन्य घटना घट्दै गएपछि कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालिन बैठक बसी तित्कालिन राहतका लागी बैठकले विभिन्न निर्णयहरू गरेको हो।

काठमाडौं उपत्यका लगायतका देशका विभिन्न जिल्लामा धेरै वर्षा भएपछिको बाढी पहिरोका कारण अवरूद्ध सडक तत्काल खुलाउने सो बैठकले निर्णय गरेको छ। त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त बैठकको निर्णय सुनाउँदै बाढी पहिरोले पुर्याएको नोक्सानको मूल्यांकन गर्ने र मृतकहरूलाई दिनुपर्ने क्षतिपूर्ति कानुनमुताबिक तत्कालै उपलव्ध गराउन प्रबन्ध गर्ने निर्णय भएको जानकारी दिए।

त्यसैगरी बैठकले दैविक प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै भारी वर्षाका कारण आकास्मिक रुपमा देखिएको समस्यालाई मध्यनजर गर्दै शिक्षा ईकाईहरुले हाल जारी भएका परीक्षाहरू स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै सरकाले सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। अवरूद्ध रहेका टेलिफोन, बिजुलीका लाइनहरू सुचारू गर्न सम्वन्धित निकायहरुलाई समन्वय गरी तत्कालै मर्मत सुधार गर्न पहल गर्ने निर्णय गरेको छ।

यसैगरी देशका धेरै स्थानहरुमा भारी वर्षाले क्षति पुर्याउँदा खानेपानीका पाइपहरू पनि भत्किएका छन्। सम्बन्धित मन्त्रालयहरूले तततत् मन्त्रालयहरूले आफ्नो ठाउँबाट जे समस्या पैदा भएका छन् त्यसमा समन्वयात्मक ढंगले समाधान गर्नका लागि पहल गर्ने निर्णय भएको  मन्त्री गुरूङले जानकारी दिए।

विपतमा परेर समस्यामा रहेका नागरिकहरूलाई प्रधानमन्त्री कार्यालयको हट लाइन, नेपाल प्रहरी, नेपाली सेना,एपिएफ र गृहमन्त्रालयको हट लाइनमा सम्पर्क गरी राहत तथा उद्धारका लागि अनुरोध गर्न पनि सरकारले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस