आज:  | Tue, 08, Oct, 2024

आजपनि देशका यी पाँच प्रदेशमा वर्षा हुने भएकोले सतर्क रहन आग्रह

१३ आश्विन २०८१, आईतवार ०७:४६ मा प्रकाशित ( १ हफ्ता अघि) १३९ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

काठमाडौं – १३ असोज ।

आजपनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बाँकी प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै आज मधेस प्रदेश लगायतका कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी बतासको पनि सम्भावना रहेकोले महाशाखाले सचेत गराएको छ ।

साथै यस प्रभावित क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो,शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सबैमा बुलेटिन जारी गर्दै सचेत गराएको छ ।

यसैगरी त्यस क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवन लगायत कृषि,स्वास्थ्य,पर्यटन,पर्वतारोहण,सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी,मधेस र बागमती प्रदेशका क्षेत्रमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएका छन् ।

महाशाखाको मौसम पुर्वानुमान अनुसार कोशी, मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यससंगै यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अनुमान छ ।

साथै भोली सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । भोली(सोमबार)बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा हल्का कम हुदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस