
बिबियु संवाददाता
धादिङ – १५ असोज ।
सुख्खा पहिरो खसेर बन्द भएको पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडक खण्ड शोमबार रातिबाट एकतर्फी रुपमा संचालनमा आएको छ । झ्याप्लेखोलाको पहिरोले अवरुद्ध भएको सडक आइतबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।
तर सोमबार साँझ फेरी अर्को मलेखुबाट करिब ५ सय मिटर काठमाडौं जाने तर्फको क्षेत्रमा सुख्खा पहिरो खसेकोले सडक ठप्प बनेको थियो । ट्राफिक प्रहरी तथा नेपाल प्रहरीका टोलिले उक्त सुख्खा पहिरो पन्छाएपछि शोमबार राति १० बजेतिरबाट सडक एकतर्फी खुलेको धादिङ प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस