
नारी बाटिका
काठमाडौं– १५ असोज ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शोमबार बसेको निगमको निर्णय अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो ।
गएराति १२ बजेदेखी लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टी तेलमा २/२ हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
अब नयाँ मुल्य अनुसार काठमाडौँमना पेट्रोलको मुल्य १५८, डिजेल तथा मट्टीतेलको मुल्य १४७ प्रति लिटर भएको निगमले जनाएको छ । साथै खाना पकाउने एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएपनि चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।
एलपी ग्याँसमा हाल प्रति सिलिण्डर २६९ रुपैयाँ ८० पैसा घाटा रहेको निगमले जनाएको छ । यसरी पटक पटक पेट्रोलियम पदार्थको मूल्य घटेकाले सार्वजनिक भाडादरमा पनि भाडादर घटाउन यातायात व्यवशायीले लाग्नु भर्ने देखिन्छ । 








प्रतिक्रिया दिनुहोस