
नारी बाटिका
धादिङ– १५ असोज
पहिरोले अवरुद्ध धादिङको झ्याप्ले खोलामा बिग्रेको सडक दुई तर्फी खुलाउन भन्दै बन्द गरिएकोले यात्रीहरुलाई निकै सास्ति भएको छ । मर्मतको लागी भन्दै उक्त सडक अहिले सम्म नखुलेको कारण यातातातमा अवरुद्ध भएपछी सो सडकमा गुड्ने गाडीलाई निकै समस्था परेको व्यवशायीले बताएका छन्।
यस अघिपनि हरेकदिन २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएको थियो । चाडपर्व नजिकिँदै गर्दा टाढा टाढाबाट दशैं मनाउनका लागी घर फर्कने यात्रुहरु समेतलाई सास्ति हुनुका साथै सडक बन्द हुदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा नै रोकिएको छ ।
सडक अवरुद्ध बनेपछि मालबाहक ट्रकको लाइन काठमाडौँको रिङरोड सम्म भरिएको ट्राफिक प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस