
नारी बाटिका
धादिड॰ १८ असोज ।
सर्जक तथा संन्चारकर्मी भगवती भण्डारी उप्रेती र गायक गणेश पाल्पालीको सुमधुर स्वरमा जय जय पशुपती नामको मौलिक भजन बजारमा आएको छ । सर्जक तथा गायीका भगवती उप्रेतीको शव्द,संगित तथा लोक गायक पाल्पालीको आवाजमा केही समयअघि बजारमा आएको उक्त मौलिक भजन नारी बाटिका युटुव टिमी च्यानल मार्फत सार्वजनिक भएको थियो ।
हाल हाम्रो समाजमा युवा जति वैदेशिक रोजगारी तथा अध्ययनको लागी विदेशतिर जाने र घरमा बुढाबुढी बावु(आमा मात्रै हुने साथै त्यसमाथी पनि आफ्ना सन्तानको खुशी र सुखमा सयौं सपनाहरु बुनी हजारौं दुख कष्ट सहेर हुर्काएका बालबच्चाले वृद्ध अवस्थामा छोराछोरीले हेरचाह नगरी वृद्रआश्रम तिर राख्ने गरेका छन् । कत्तिले त बावु आमा उनीहरुको समस्याको रुपमा लिने गरेको पाईन्छ ।
मायाँ गर्ने छोराछोरीहरुपनि आफेनो साथमा कोही नहुदा वृद्र वृद्बाको अवस्था दयनीय देखिन्छ । जसको यथार्थता शब्दमा गुनासो तथा समस्या झल्काउने खालको शव्दले भरिएको लोक मौलिक यस भजनले धेरैको मन जितेको छ ।
नेपाली समाजमा पछिल्लो समयमा देखिएका यथार्थता रहेको यस्ता विषयवस्तुले विशेषगरी वृद्ध अवस्थामा सन्तानले बुवा(आमाप्रति गरेको मानसिक तथा आर्थिक रुपमा दिएको दुखले धेरै बुढाबढीको रुवाबासी भएको देखिएको छ ।








प्रतिक्रिया दिनुहोस