आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

पहिरोमा मृत्यु भएका ६ युवा खेलाडीको परिवारलाई जनही ८ लाख दिने एन्फाको निर्णय

२०८१ आश्विन २१, सोमबार मा प्रकाशित ( १ साल अघि) १२५०९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २१ असोज ।

गत साताको दैविक प्रकोपको पहिरोमा मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ एन्फाले राहतस्वरुप जनही ८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको एकेडेमीमा गएको पहिलोमा पुरिएर आदित्य बलम्पाखी,विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बाँनिया, अनुपम घलान र साइमन योञ्जनको ज्यान गएको थियो।

एन्फा कार्यसमितिको आइतबार बसेको आपतकालीन बैठकले मृतकहरूको परिवारलाई राहत स्वरुप उल्लेखित रकम दिने निर्णय गरेको होे। बैठकले प्रत्येक दिवंगत खेलाडीको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष खोलिदिने समेत निर्णय गरेको छ।

साथै प्राकृतिक प्रकोप घटनाबाट मृत्यु भएका खेलाडीको तथ्य विवरण संकलन गरी एक महिना भित्र प्रतिवेदन पेश गर्ने गरी एन्फा केन्द्रिय सदस्य विकास नारायण श्रेष्ठको नेतृत्वमा तीन सदसीय छानबिन समिति पनि गठन गरिएको छ। समितिमा एन्फा सहायक महासचिव दामोदर भट्टराई र केन्द्रिय सदस्य टिकाराम लामा छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस