आज:  | Mon, 11, Nov, 2024

हिन्दी फिल्मलाई प्राथमिकता दिएकोले सिनेमा हलको विकल्प खोज्ने निर्देशक बस्नेतको चेतावनी

२९ आश्विन २०८१, मंगलवार ०२:३८ मा प्रकाशित ( ३ हफ्ता अघि) ११७ पाठक संख्या
नारी बाटिका


काठमाडौं २९ असोज ।

कलाकार तथा चर्चित फिल्म निर्माता एव्ं निर्देशक निश्चल बस्नेतले सिनेमा हालको विकल्पमा लागेको चेतावनी दिएका छन् । निर्देशक बस्नेतले निर्माण गरेको फिल्म बेहुली फर्म मेघौली अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । उनले निर्माण गरेको जुनै फिल्ममा पनि दर्शकको राम्रो साथ पाइरहेका छन् । यस फिल्ममा पनि आज तेस्रो सातामा प्रदर्शन भइरहेको हो ।

पछिल्लो समयमा नेपाली फिल्मप्रति दर्शकको रुचि हुँदा हुँदै पनि हिन्दी सिनेमालाई बढी सो दिएको भन्दै बस्नेतले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै आएका छन् । सिनेमा हलले हिन्दी सिनेमालाई प्राथमिकतामा राख्ने गरेकोले नेपाली फिल्मलाई निरुत्साही गरेको भन्दै अब हलको विकल्प खोज्न लागेको बताएका हुन् । उनले हिन्दी फिल्मप्रति दर्शनको रुचि नहुँदा पनि सिनेमा हलले हिन्दी फिल्मलाई सो दिइरहेको आरोप लगाएका छन् ।

निर्देशक बस्नेतले भनेका छन्( फिल्मलाई दर्शकले औधि मन पराए पनि, फिल्मको राम्रो अकुपेन्सी हुँदा–हुँदै पनि सिनेमा हलका सञ्चालकले हिन्दी फिल्मलाई दिएको महत्वले म चैँ हलको विकल्प तिर लागेँ ।’ अहिले सिनेमा हलमा बस्नेतको यो फिल्मसहित छक्का पन्जा(५, घर ज्वाइँ र १२ गाउँ चलिरहेका छन् ।

बस्नेतको संकेत अब नेपाली फिल्मलाई ओटी प्लेटफर्ममा रिलिज गर्ने तर्फ रहेको बताइएका छन् । अहिले पनि विभिन्न ओटीटीमा नेपाली फिल्म रिलिज गर्ने गरिएको भए पनि त्यसको बजार विस्तार नहुँदा सीमित दर्शकसम्म मात्र पुग्ने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस