आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

घुस प्रकरणमा मुछिएकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाही फरार

२०८१ कार्तिक १, बिहिबार मा प्रकाशित ( १ साल अघि) १३१३४ पटक पढिएको
नारी बाटिका


काठमाडौं १ कार्तिक ।

हनी ट्र्याप घुस प्रकरणको अनुसन्धानमा तानिएकी वहालवाला कार्यरत नेपाल प्रहरीकी निरीक्षक (इन्स्पेक्टर( बिनु शाही फरार भएकी छन्। सोही भष्ट्राचारमा पक्राउ पर्ने निश्चित जस्तै देखिएपछी उनी सम्पर्क विहिन भएकी ललितपुर प्रहरी स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भईसकेको छ ।

केही समयअघि भैँसेपाटीमा घरजग्गाको कारोबारीलाई हनीट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

इन्स्पेक्टर बिनु शाहीले ललितपुरको सानागाउँका घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाहीको पनि मिलेमतो रहेको घरजग्गाका व्यवसायीले आरोप लगाएका थिए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस